राजनीति

वडा स्तरमै आय संकलन गर्न सफ्टवेयर तालिम

तस्बिर : जनक/नागरिक

जाजरकोट - जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिकाका सवै वडाहरुमा आन्तरिक आय संकलन प्रकृया प्रभावकारी वनाउन जनप्रतिनिधि र कर्मचारीहरुका लागि ४ दिने  सफ्टवेयर जडान तथा सञ्चालन तालिम सदरमुकाम खलंगामा सुरु भएको छ।

सर्वसाधारण जनतालाइ आधुनिक प्रविधिको प्रयोग गर्ने दक्ष जनशक्ति र सेवा मार्फत सहज सेवा दिदै आन्तरिक आय संकलन वडावाटै सञ्चालन गर्नका लागि  भेरी नगरपालिकाका १३ वटै वडाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि  तालिमको आयोजना गरिएको भेरी नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार तालिममा भेरी नगरपालिकाका १३ वडाका वडाध्यक्षहरु, वडा सचिवहरु तथा राजस्व फाँट हेर्ने नगरपालिकाका कर्मचारीहरु गरी ३२ जनाको सहभागिता रहेको छ।

भेरी नगरपालिकाको आयोजना र सांग्रिला माइक्रो सिस्टम प्रा.लि. काठमाडौंको सहजीकरणमा वुधवार देखि शनिवार सम्म चल्ने तालिममा सहभागिहरुलाइ प्रा.लि.का सिनियर सपोर्ट अफिसर पिताम्वर आचार्य र नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज वेलवासे लगाएतले सहजीकरण गरिरहेका छन्।

 

प्रकाशित: १९ मंसिर २०७५ ०९:२४ बुधबार

जाजरकोट आय_संकलन सफ्टवेयर_जडान_तथा_सञ्चालन_तालिम