राजनीति

प्रधानमन्त्रीलाई प्राप्त पुरस्कारबाट कोष स्थापना

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्राप्त सु–शासन पुरस्कार राशिबाट सरकारी कोष स्थापना गरिएको छ।

युनिभर्सल पिस फेडेरेसनले दिएको १ लाख डलरबराबरको पुरस्कारमा सरकारले सोही बराबरको रकम थप गरी युवा तथा बालबालिकाका क्षेत्रमा परिचालन हुनेगरी कोष स्थापना गर्ने निर्णय लिएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

शनिबार र आइतबार काठमाडौंमा भएको एसिया प्यासिफिक समिटको समापन अवसरमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरको नेतृत्व एवं सु–शासन अवार्ड प्रदान गरिएको थियो।

प्रकाशित: १९ मंसिर २०७५ ०१:३२ बुधबार

केपी_शर्मा_ओली सु–शासन_पुरस्कार कोष_स्थापना