राजनीति

दश बर्षभित्र नेपाल समृद्ध देश बन्छः दाहाल

कपिलवस्तु– नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपालको तीव्र गतिको विकासलाई अब कसैले रोक्न नसक्ने दाबी गरेका छन्। विकासले तिब्रता लिइसकेको भन्दै उनले १० बर्षभित्र नेपाल समृद्ध देश बन्ने बताए।  विश्वले देख्न लायक समृद्ध मुलुक बन्ने दाबी गर्दै दाहालले अब विकासको गति कसैले रोक्न नसक्ने बताए। 

दुई छिमेकी देशसंगको सहकार्यमा नेपाल एशियाको ल्याण्ड लक कन्ट्रिबाट ल्याण्ड लिंक कन्ट्री बन्ने दाहालको भनाई छ। कपिलवस्तुको बाणगंगामा आयोजित दशौं कपिलवस्तु महोत्सव उद्घाटन गर्दै नेकपा अध्यक्ष दाहालले अबको १० बर्ष देशको विकास मुलुकको प्रमुख एजेन्डा हुनपर्ने बताए। उनले बिगतमा सबै पर्टी मिलेर राणा, पंचायत ब्यवस्था डालेर गणतन्त्त ल्याए जस्तै अबको १० बर्ष सबै पार्टीबीच विकासका लागि सहमति हुन पर्ने उनले बताए।

निजी क्षेत्रको लगानीले देश विकासको गति बढाउने बताए। उनले निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्न लगानीमैत्री वातावरण तयार पारिने बताए। निजी क्षेत्रलाई लगानी गर्ने र कमाउने वातावरण सरकारले नबनाएसम्म लगानीको सम्भावना न्यून रहेको दाहालले बताए। ‘लगानीको वातावरणका लागि केहि पुराना ऐन कानून र कर्मचारीको कार्यशैली परिवर्तन गर्नु आवश्यक छ, उनले भने। 

देशमै रोजगारीको वातावरण सिर्जना गर्न निजी क्षेत्रसंग सककार्य आववश्य रहेको उनले बताए। आय आर्जन बढाउन, देशलाई आत्मनिर्भर र सम्पन्न बनाउन बाह्य तथा निजी लगानी भित्र्याउन अनिवार्य रहेको भन्दै दाहालले यसका लागि पार्टी र सरकारले बिशेषरुपमा लागेको बताए। 

प्रकाशित: १८ मंसिर २०७५ १५:५४ मंगलबार

नेकपा पुष्पकमल_दाहाल समृद्ध_देश