राजनीति

‘तीन राप्रपाबीच छिट्टै एकता हुन्छ’

काठमाडौं– एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने बताएका छन्। उनले भने, ‘हामीबीच एकताको छलफल चलिरहेको छ।’

आइतबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष लोहनीले तीनवटै राप्रपाबीच एकता भयो भने ठूलो शक्ति हुने दाबी गरे। ‘हामी र पशुपतिजीबीच छलफल भैरहेको छ। कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट साथीहरुपनि हामीसँग निरन्तर छलफलमा हुनुहुन्छ। सम्भवतः अब एक साताभित्र एकता हुन्छ’, उनले भने। 

उनले कमल थापा नेतृत्वको राप्रपासँगपनि एकताको लागि आफूहरु खुल्ला रहेको सुनाए। उनले भने, ‘राप्रपाका असन्तुष्ट साथीसँग पनि हाम्रो लगातार छलफल भएको छ। हामी सकेसम्म चाँडै एकता गर्छौं।’ 

प्रकाशित: १६ मंसिर २०७५ १०:४१ आइतबार

एकीकृत_राप्रपा_(राष्ट्रवादी) पार्टी_एकता प्रकाशचन्द्र_लोहनी