राजनीति

'नागरिकलाई राजनीतिक निर्णयमा सहभागि गराउनु पर्छ' (भिडियो)

काठमाडौं- फिलिपिन्सकी उपराष्ट्रपति मारिया लेनोर रोब्रेडोले नागरिकलाई राजनीतिक अधिकार सहित जनजीविकाको सवाल पनि सम्वोधन गर्नु पर्ने बताएकी छन्। एसिया प्यासिफिक सम्मेलनलाई सम्बोधन गर्दै उनले एसिया प्रशान्त क्षेत्रमा दिगो शान्तिको लागि मिलेर काम गर्न आव्हान गरिन्।

मारियाले सिमान्तकृत समुदायलाई राजनीतिक निर्णयमा सहभागि गराउने तर्फ अघि बढ्नु पर्ने बताइन्। 'जनता नेता प्रति आलोचनात्मक हुनु पर्छ', उनले भनिन्, 'नागरिकका आवाज सुनिनु पर्छ।'

प्रकाशित: १५ मंसिर २०७५ ०७:२५ शनिबार

राजनीति फिलिपिन्स