राजनीति

ओली–सुकी एकल भेट

तस्बिरः रासस

काठमाडौ–प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी स्टेट काउनिसलर आङ साङ सुकीबीच एकल भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओली र सुकीबीच होटल अन्नपूर्णमा यस्तो भेटवार्ता भएको हो। एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी सुकीले भेटघाटलाई तीव्रता दिएकी छन् । हिजै राजधानीको भृकुटीमण्डपमा आयोजित एक्स्पोमा विशेष अतिथिका रुपमा उपस्थित भएकी थिईन। यसअघि शुक्रबार बिहान मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी थिइन्।
प्रधानमन्त्री ओली र सुकीबीचको भेटमा द्विपक्षीय हितलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

 

प्रकाशित: १४ मंसिर २०७५ ०६:५६ शुक्रबार

केपी_शर्मा_ओली आङ_साङ_सुकी