राजनीति

राष्ट्रपति भण्डारी भोलि पोल्यान्ड जाँदै

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्यान्ड जान लागेकी छन्। उनी २ देखि १४ डिसेम्बरसम्म पोल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टसंघको २४ आैं सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेकी हुन्।

राष्ट्रपति भण्डारीले आइतबार बर्लिनस्थित नेपाली दूतावासको आयोजनामा गरिने कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले ३ डिसेम्बरमा सम्मेलन उद्घाटनसत्रमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ। भण्डारीले ३ डिसेम्बरकै दिन बिहान युएन महासभाका प्रमुख मारिया फेरनान्डा स्पपिनोसा गार्सेससँग सम्लेलनको साइडलाइनमा भेट गर्नेछिन्। सोही दिन बेलुका राष्ट्रपति भण्डारीले गणतन्त्र पोल्यान्डका राष्ट्रपतिले सम्मेलनमा उपस्थित सरकार प्रमुख तथा राष्ट्रप्रमुखका लागि आयोजना गर्ने रात्रिोजमा सहभागी हुने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीले डिसेम्बर ४ मा पोल्यान्डका राष्ट्रपति एन्ड्रिज सेवास्तिआन डुडासँग दुईपक्षीय भेटघाट गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीसँग वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, सांसद कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतम, सामसायप्रसाद यादव, चन्दा चौधरीलगायत जानेछन्। राष्ट्रपति भण्डारी मंसिर २० गते फर्कने कार्यतालिका छ।

प्रकाशित: १४ मंसिर २०७५ ०२:०३ शुक्रबार

राष्ट्रपति_विद्यादेवी_भण्डारी पोल्यान्ड