राजनीति

नेकपा बैठक बुधबारका लागि सर्‍यो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार पनि नबसी स्थगित भएको छ। सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँडका लागि गृहकार्य नपुगेको भन्दै मंगलबारका लागि सरेको थियो।

मंगलबार केही नेता राजधानीबाहिर भएकाले बैठक स्थगित गरिएको नेकपाले जनाएको छ। बैठक बुधबार दिउँसो ४ बजे बस्ने नेकपाका सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए। ‘बुधबार दिउँसो ४ बजेका लागि बैठक डाकिएका छ,’ उनले भने।

नेकपामा केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोक्न सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल नेतृत्वमा कार्यदल गठन भएको थियो। उक्त कार्यदलले प्रस्ताव तयार पारिसकेको र यस विषयमा सचिवालय बैठकमा छलफल गरी टुंग्याउने तयारी भइरहेको नेकपाका एक नेताले जानकारी दिए।

प्रकाशित: १२ मंसिर २०७५ ०१:०५ बुधबार

नेकपा सचिवालय_बैठक