राजनीति

नेविसंघको महाधिवेशन पुस अन्तिम साता

काठमाडौं – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको मिति तय भएको छ। मंगलबार बसेको नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले  पुस २८, २९ र ३० गते महाधिवेशन गर्ने निर्णय गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

बैठकपछि केन्द्रीय कार्यालय पुतलीसडकमा पत्रकार स्म्मेलन गर्दै अध्यक्ष महरले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका थिए। जसअनुसार मंसिर २२ गते मावि, उमावि र सिटीइभीटी र क्याम्पसको अधिवेशन हुने छ। मंसिर २५ मा स्थानीय तहको अधिवेशन हुनेछ। पुस ८ भित्र उपत्यका भित्रका क्याम्पस र विश्व विद्यालयको अधिवेशन हुनेछ।

पुस १४ भित्र ७७ वटै जिल्लाको अधिवेशन हुने नेविसंघले जनाएको छ। त्यस्तै पुस २० भित्र प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने नेविसंघले जनाएको छ। नेविसंघले दुई दिन भित्र सबै तहमा प्रतिनिधि पठाउने निर्णय गरेको छ।

प्रकाशित: ११ मंसिर २०७५ ०९:४६ मंगलबार

नेपाल_विद्यार्थी_संघ महाधिवेशन