राजनीति

चौमासिक प्रगति समिक्षा गर्दै सरकार

सिंहदरवारमा बसेको प्रगति समिक्षा बैठक। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- सरकारको प्रगति मूल्याङकन समिक्षा बैठक सिंहदरवारमा सुरु भएको छ। बैठकमा सरकारका मन्त्री तथा सचिव सचिवहरु उपस्थित छन्। बैठकले मन्त्रालयका चौमासिक प्रगति विवरण समिक्षा गर्ने छ। विभिन्न मन्त्रालयले आफ्नो कार्ययोजना र प्रगतिविवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने छन्।

विकास र समृद्धिको नारा लिएको सरकार गठन भएको नौ महिना पुगिसक्दा पनि कामको गति सुस्त भएको भन्दै आलोचना बढिरहेको छ।

मन्त्रालयहरुले जनतामा प्रत्यक्ष प्रभाव पार्ने काम गर्न नसकिरहेको अवस्थामा समिक्षा बैठक बसेको हो। प्रधानमन्त्री केपी ओली सहित बसेको बैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयले गरेका कामहरुको विवरण प्रस्तुत गर्ने छन्।

 

प्रकाशित: ५ मंसिर २०७५ ०६:५७ बुधबार

सरकार प्रगति समिक्षा