राजनीति

प्रकाश दाहालको पहिलो स्मृति सभा, प्रज्ञा स्मृति प्रतिष्ठानको घोषणा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका छोरा स्व.प्रकाश दाहालको पहिलो वार्षिकीमा दाहाल निवास ललितपुरको खुमलटारमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको छ। 

स्मिृति सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति थियो।

कार्यक्रममा अध्यक्ष दाहाले छोरा प्रकाश दाहाल र २ वर्ष पहिले निधन भएकी छोरी ज्ञानुको नाममा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको घोषणा गरेका छन्। ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो भने छोरा प्रकाशको हृदयघातका कारण गतवर्ष मंसिर ३मा निधन भएको थियो।

मन्तब्यका क्रममा दाहालले परिपक्व हुँदै गएको समयमा छोराको निधनले परिवार नै विघटनहुने जस्तो अवस्था आएको भन्दा भक्कानिएका थिए। जनता कार्यकर्ताको साथले त्यस्तो जटिल अवस्थामा पनि पार्टी र परिवार अगाडि बढाउन सकेको बिचार राखेका थिए। कार्यक्रममा अामा सीता दाहाल भने भावविह्वल नै देखिन्थिन् । छोरीहरुको सहारामा उनी मञ्चमा बसेकी थिइन्। 

 

प्रकाशित: ३ मंसिर २०७५ ०६:४६ सोमबार

प्रकाश_दाहाल पहिलो_वार्षिकी स्मृति_सभा