राजनीति

सिके राउत सर्वोच्चमा उपस्थित गराइए

काठमाडौं- राष्ट्रिय अखण्डता विरुद्ध अभिव्यक्ति दिएको अभियोगमा केही दिन अघि पक्राउ परेका सिके राउतलाई बिहिबार सर्वोच्च अदालतमा पेश गरिएको छ।

‘बन्दीप्रत्यक्षीकरण मुद्दाको सन्दर्भमा उनलाई पेश गर्न आदेश भए बमोजिम पेश गरिएको हो,’ सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र प्रसाद कालाखेतीले नागरिकलाई बताए। ‘आज उनको विषयमा पेशी गर्न नभ्याइएकाले भोली फेरी उपस्थित गराई पेशी गर्न तोकिएको छ,’ उनले भने।  

बन्दीप्रत्यक्षकरणको सुनुवाईका क्रममा राउतलाई शसरीर उपस्थित गराउन प्रहरीलाई दिइएको आदेश बमोजिम उनीलाई उपस्थित गराइएको थियो।  

राष्ट्रिय अखण्डता विरोधी अभिव्यक्ति दिएको अभियोगमा राउत केहीदिन अघि पक्राउ परेका थिए। यद्यपी राउतलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दावी सहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेपछि पक्राउको कारण लिखित रुपमा पेश गर्न आदेश दिंदै राउतलाई स्वयम् उपस्थित गराउन समेत आदेश दिइएको थियो।

राउतको गिरफ्तारी कानुन बमोजिम भएको थियो या थिएन भन्ने विषयमा सुनुवाईका लागि शुक्रबार उनलाई पेश गरिने पनि सहायक प्रवक्ता कालाखेती बताए।

प्रकाशित: २९ कार्तिक २०७५ १२:१५ बिहीबार

सिके_राउत सर्वोच्च