राजनीति

६ संवैधानिक आयोगमा सचिव तोकिए

काठमाडौं – सरकारले ६ संवैधानिक आयोगमा सचिव तोकेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २५ को मन्त्रिस्तरीय निर्णय अनुसार अाइतबार ६ सहसचिवलाई आयोगको सचिवको जिम्मेवारी दिएको जनाएकाे छ।

मन्त्रालयका अनुशार राष्ट्रिय दलित आयोगमा पुरुषोत्तम नेपाल, समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदारप्रसाद पनेरु, मधेसी आयोगमा भूपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारु आयोगमा रुपनारायण भट्टराईलाई सचिवको रुपमा काम गर्न जिम्मेवारी दिइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुरेश अधिकारीले विभिन्न आयोगका लागि कार्यालय, फर्निचर, कर्मचारी र मापदण्डलगायत अन्य आवश्यक तयारी गर्न जिम्मेवारी तोकिएको बताए। आयोगको जिम्मेवारी तोकिएका सचिवहरुले मन्त्रालयबाट उक्त जिम्मेवारी पुरा गर्ने बताइएको छ।

सामान्य_प्रशासन_मन्त्रालय संवैधानिक_आयोग