राजनीति

पार्टी एकताका लागि कमल थापा र पशुपति शमशेरबीच छलफल

काठमाडौं- राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच पार्टी एकताको लागि छलफल सुरु भएको छ। पार्टी एकताबारे आपसी समझदारी बनाउन राप्रपा अध्यक्ष कमल थापा र प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराबीच मंगलबार भेट भएको छ।

देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिइ समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीति अनुसार दुई अध्यक्षबीच छलफल भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। उनका अनुसार एकताका लागि आज भएको दुई अध्यक्ष बीचको वार्ता सकारात्मक रहेको छ, एकता प्रक्रियालाई टुंगोमा पुर्याउन वार्ता जारी रहनेछ।

प्रकाशित: २० कार्तिक २०७५ ०८:०१ मंगलबार

राप्रपा कमल_थापा