राजनीति

तुलाधरको निधनमा पूर्वराजाको शोक सन्देश

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनमा शोक सन्देश जारी गरेका छन्। तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल काठमाडौँमा निधन भएको थियो।

पूर्वराजा शाहले सोमवार एक सन्देशमार्फत तुलाधरको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेको निर्मल निवासले जनाएको छ। 

यसअघि तुलाधारको निधनप्रति राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दल, नेताहरुले दुःख व्यक्त गरिसकेका छन्। तुलाधरको सोमबार दिउँसो शोभा भगवतीमा अन्त्येष्टि गरिने कार्यक्रम छ।

प्रकाशित: १९ कार्तिक २०७५ ०५:१९ सोमबार

ज्ञानेन्द्र_शाह पद्मरत्न_तुलाधर शोक_सन्देश