राजनीति

शान्ति प्रक्रियाको वातावरण बनाउन तुलाधरको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पद्मरत्न तुलाधरको निधनले राष्ट्रलाई ठूलो क्षति भएको बताएका छन्। उनले जनआन्दोलन र सांस्कृतिक आन्दोलनको संवर्धनको क्षेत्रमा ऐतिहासिक भूमिका खेल्नेपात्र भएको अध्यक्ष दाहालको बुझाई छ।

 नेपालको शान्ति प्रक्रियाका लागि वातावरण बनाउन मध्यस्तकर्ताका रुपमा महत्वपूर्ण भूमिका खेलेको दाहालले सम्झना गरे।

त्यसैगरी दाहालले एक शोक विज्ञप्ती जारी गर्दै पञ्चायत बिरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा तुलाधरले खेलेको भूमिका सदा स्मरणीय रहेको बताएका छन्।

तुलाधरप्रति अर्पण गर्न विभिन्न दलका नेता तथा उनका शुभचिन्तकहरु अस्पताल पुगेका थिए। नेकपाका दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई नर्भिक अस्पताल पुगेका थिए।

 

प्रकाशित: १८ कार्तिक २०७५ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App