राजनीति

सरकारले जनताका काम गर्न सकेन : नेता सिटौला

नुवाकोट- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बर्तमान सरकार आफ्नो मतदाता तर्फ मात्र ढल्केर काम गर्दै आइरहेको आरोप लगाएका छन्। सरकारले जनताका काम गर्न नसकेकव उनको भनाई छ।

नेपाल स्वास्थ्यकर्मी संघ नुवाकोटले आयोजना गरेको कार्यक्रममा सहभागी हुन शनिवार यहाँ आएका नेता सिटौलाले कम्युनिष्टहरु जनता र देशलार्ई भन्दा आफ्नै आसेपासेलाई बलियो पार्न क्रियासिल हुँदै आएको आरोप लगाए। कम्युनिष्टहरु जति नै आफूलाई लोकतान्त्रिक भन्दै आए पनि भाषणमा मात्रै सिमित हुदै आएको भन्दै नेता सिटौलाले भने, “अब काङग्रेसले स्थानीयस्तर देखि नै कम्युनिष्टलाई बलियो हुन नदिएर राष्ट्र बलियो पार्न दबाब सिर्जना गर्न आवस्यक छ। न्यायालय, कर्मचारी, संवैधानिक निकाय, प्रेस जस्ता पक्षमा हस्तक्षेप बढाएर आफ्नो अनुकुलतामा सरकार गइरहेको छ। त्यो रोक्न हाम्रो पार्टीले कसरत गर्न  आवस्यक छ।”

कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा उपलव्धि मूलक विकास नभएको कारण देशको स्थिति विग्रिएको उनको बुझाई छ। “नेपालको सन्दर्भमा कृषि, स्वास्थ्य र शिक्षाले देश बनाउने हो तर यी तीनै क्षेत्र बर्बाद भएको छ। सरकारी विद्यालय अभिभावकले रुचाउँदैन र सन्तानलाई नीजि विद्यालयमा पढाउँछ। सरकारी स्वास्थ्य संस्थाहरु नाम मात्रको भएका छन्। सुविधा सम्पन्न छैन । कृषि प्रधान देश भनिन्छ नेपाल । किसानले उब्जाएको कृषि उपजको उचित मूल्य छैन,” उनले भने, “यी तीन क्षेत्र सञ्चालन गर्नको लागि उचित नियम कानुन बनाएर कार्यान्वयन गर्न आवस्यक छ।”

प्रकाशित: १७ कार्तिक २०७५ १२:४८ शनिबार

कांग्रेस सरकार नेकपा