राजनीति

प्रधानसेनापतिसँग अमेरिकी र जर्मन राजदूतको भेट

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापासँग अमेरिका र जर्मनका राजदूतले भेट गरेका छन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अमेरिकी राजदूत -याण्डी डब्लु बेरी र जर्मन राजदूत रोल्याण्ड स्केफरले शुक्रवार जंगी अड्डामा प्रधानसेनापति थापासँग छुट्टाछुट्टै भेट गरेका हुन्।

भेटमा प्रधानसेनापति थापा र राजदूतहरुबीच द्पिक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ। 

प्रकाशित: १६ कार्तिक २०७५ ११:०५ शुक्रबार

प्रधानसेनापति पूर्णचन्द्र_थापा राजदूत