नेपालगञ्ज- नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई अनुशरण गर्न सरकारलाई आग्रह गरेको छ।
नेपाल प्रेस युनियन बाँकेले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको गलत क्रियाकलापका कारण नेपालमा विदेश लगानी कम हुँदै गएको र स्वदेशी लगानीकर्ता पनि पछि हट्न थालेको आरोप लगाए।
नेता महतले निजी क्षेत्र र जनतालाई उत्पादनको नेतृत्व दिनुपर्छ भने वितरणको नेतृत्व सरकारले लिनुपर्नेमा जोड दिए।
उनले पार्टी सङ्गठन विस्तार, नेता, कार्यकर्ताबीचको एकता र गुट, उपगुटको अन्त्य पार्टीको प्राथमिकताभित्र परेको जानकारी गराए।
प्रकाशित: १३ कार्तिक २०७५ १६:१३ मंगलबार