राजनीति

कतारका श्रममन्त्रीद्वारा राष्ट्रपति भण्डारीलाई स्वागत

कतार : राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको शिलशिलामा आज दोहा पुगेकी छन्। 
राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमीले स्वागत गरे। मन्त्री अलनोएमीले स्वागत गर्नु अघि विमानबाट ओर्लिए लगत्तै कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए।

मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आजदेखि कतार भ्रमणमा छन्हु। राष्ट्रपति भण्डारी विमानस्थलबाट सिधै उनलाई आतिथ्यको व्यवस्था मिलाइएको होटल शेराटोन ग्राण्ड प्रस्थान गरिन्।  
आजै राष्ट्रपति भण्डारीको सम्मानमा यहाँस्थित राजदूतावासले रात्रिभोजको आयोजना गर्दैछ। रासस 

प्रकाशित: १२ कार्तिक २०७५ १३:३८ सोमबार

राष्ट्रपति कतार भ्रमण