राजनीति

नेकपाको चियापानमा देउवा सहभागी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चियापानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा सहभागी भएका छन्। 

नेकपाले शनिवार विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा भृकुटीमण्डपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा देउवा अपराह्न ४ बजेतिर पुगेका हुन्। उनलाई नेकपाका नेता कार्यकर्ताले स्वागत गरेका थिए। 

यसअघि, नेकपाको चियापानमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, कांग्रेस नेता अर्जुननरसिंह केसी लगायत अन्य दलका नेताहरु पनि पुगेका थिए।

प्रकाशित: १० कार्तिक २०७५ १२:०३ शनिबार

नेकपा चियापान शेरबहादुर_देउवा