राजनीति

भाकपा मार्क्सवादीका महासचिव यचुरी काठमाडौंमा

काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरी पाँच दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आएका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर नेकपाका नेताद्वय कृष्णगोपाल श्रेष्ठ र विष्णु रिजालले स्वागत गरेका छन्।

शुक्रबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा नेकपाका बरिष्ठ नेता माधव नेपाल अध्यक्ष रहेको पुष्पलाल स्मृति प्रतिष्ठानले गर्न लागेको कार्यक्रममा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निमन्त्रणामा उनी आज काठमाडौं आइपुगेका हुन्।

उनले नेपालमा रहदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायत नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित: ८ कार्तिक २०७५ ०४:५४ बिहीबार

भारतीय_कम्युनिस्ट_पार्टी सीताराम_यचुरी