राजनीति

नेकपाको सचिवालय बैठक स्थगित

फाइल तस्बिर

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्व निर्धारित सचिवालय बैठक स्थगित भएको छ। आज दिउसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा  हुने भनिएको बैठक सुरु हुने भनिएकाे केही समय पहिले स्थगित गरिएको हो।

साेमबार सम्पन्न सचिवालय बैठकपछि अध्यक्ष द्वय केपी शर्मा अाेली र पुष्पकमल दाहालबीच  पार्टी एकीकरण प्रकृयाबारे छुट्टै छलफल गर्ने र त्यही रणनीति अनुरूप सचिवालय र स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने तयारी नेकपा काे थियाे। तर अध्यक्ष द्वयबीच छलफल हुन नसकेपछि अाजकाे सचिवालय बैठक नै स्थगीत गरिएकाे हाे।

सचिवालयका सदस्यहरुको कार्यव्ययस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको हो। आजको बैठकमा सरकारका कार्यहरुको समीक्षा र पार्टीका बाँकी एकिकरणका मुद्दाबारे छलफल हुने बताइएको थियो।अर्को बैठक भोलि(विहीबार) ११ बजे बस्ने तय भएको छ।

 

प्रकाशित: ७ कार्तिक २०७५ ०९:५५ बुधबार

नेकपा सचिवालय_बैठक स्थगित