राजनीति

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

काठमाडौ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आगामी शनिबार आयोजना गर्ने चियापान कार्यक्रममा ५० हजार जनालाई निम्तो गरेको बताएको छ। 

राजधानीको भृकुटीमण्डममा गर्न लागिएको चियापानका लागि विभिन्न राजनैतिक दलका नेता, संवैधानिक निकायका उच्च पदस्थ अधिकारी, नेपालस्थित विभिन्न कुटनीतिक नियोगका प्रतिनिधीलगायत लाई निम्तो दिइएको छ।

दसै, तिहार, नेपाल सम्वत् र छठका अवसरमा आयोजना गरिएको यो चियापान तत्कालीन नेकपा माओबादी र नेकपा एमाले एकिकरण भएपछिको पहिलो हो। गत वर्ष गत वर्ष संघ र प्रदेशको निर्वाचनको कारणले चियापानको आयोजना भएको थिएन।

चियापानका लागि नेकपाले करीब ५० हजारलाई निम्ता गरिएको छ । चियापानमा करीब ३५ हजार सहभागी हुने नेकपाले जनाएको छ । दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुने कार्यक्रममा ३ वजेसम्म पार्टी कार्यकर्ता र सर्वसाधारण सहभागी हुनेछन् भने ३ बजेदेखि दलका नेता, विदेशी कुटनीतिज्ञ, विभिन्न दलका नेता, संवैधानिक अंगका पदाधिकारी सहभागी हुने छन्।

चियापानमा दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको छ । दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका पदाधिकारी सहभागी हुने छन् । 

प्रकाशित: ७ कार्तिक २०७५ ०९:०९ बुधबार

नेपाल_कम्युनिष्ट_पार्टी चियापान