राजनीति

‘कोशीमा तिहारपछि चीनको सहयोगमा ‘स्ट्रिमर’ चल्छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनालीले तिहारपछि कोशीमा पानी जहाज चल्ने बताएका छन्।

मंगलवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले प्रधानमन्त्री ओलीले कोशीमा पानीजहाज कुदाउनेदेखि लिएर दुवै देश (भारत र चीन) को रेल काठमाडौं ल्याउने दाबी गरेका हुन्। उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो कार्यकालमा चमत्कार गर्नुहुन्छ। ओली सरकारबारे विरोधको लागि मात्रै विरोध नगर्नुस। कोशीमा तिहारपछि चीनको सहयोगमा ‘स्ट्रिमर’ चल्छ।’

वर्तमान सरकारको ८ महिने कार्यकाल पूर्ण सफल रहेको दाबी गर्दै उनले भने, ‘सरकार असफल भयो भनेर विपक्षी दलले लगाएको आरोपमा कुनै सत्यता छैन्। सरकार अब ‘एक्शन–ओरिएण्टेड’ हुन्छ।’ 

यद्यपी उनले जनताको चाहनाअनुसार अहिले काम भने हुन नसकेको स्वीकार गरे। सरकारबारे भैरहेका आलोचनाहरुलाई आफूले स्वभाविक रुपमा लिएको पनि उनले सुनाए। 

उनले मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै यसबारे पार्टीले समिक्षा गर्ने विषय भएको प्रतिक्रिया दिए। 

प्रकाशित: ६ कार्तिक २०७५ ११:३४ मंगलबार

पानी_जहाज