राजनीति

बाल संरक्षणमा अभिभावक नै सचेत हुनुपर्ने

फाइल फाेटाे

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बालबालिकाको संरक्षण र विकासका लागि अभिभावक र समाजलाई थप जवाफदेही बनाउन आवश्यक रहेको बताएका छन्।

सडक बालबालिकाको क्षेत्रमा काम गर्ने नेपाललगायत विभिन्न ३४ देशका संघसंस्था सहभागी अन्तर्राष्ट्रिय सम्मेलनको सोमबार ललितपुरमा उद्घाटन गर्दै उनले अभिभावक र समाजमा जागरण तथा सोहीअनुसार कानुनी संरचना निर्माण गरेर मात्रै बालबालिकाको संरक्षण र विकास गर्न सकिने बताए।

‘गरीबी, साथीसंगत र कुलतका कारण बालबालिका घरपरिवार छाडेर सडकमा जाने गरेका उदाहरण पर्याप्त देखिए पनि मुख्यकारण भनेको अभिभावकको मायाममताको अभाव नै हो,’ मन्त्री बिष्टले भने।

जोखिममा रहेका बालबालिकाको उद्धार तथा संरक्षण र विकासका लागि अवलम्बन गर्नुपर्ने नीतिका सन्दर्भमा सरकारले गम्भीरताका साथ काम गरिरहेको उल्लेख गर्दै मन्त्री बिष्टले बालबालिकासम्बन्धी ऐन, २०७५ ल्याएर बालबालिकाका अधिकारलाई सुनिश्चित गर्न आफ्ना प्रतिबद्धता कानूनमार्फत व्यवस्थित गर्ने काम अघि बढाइएको जनाए।

प्रकाशित: ६ कार्तिक २०७५ ०२:२८ मंगलबार

बालबालिका बाल_संरक्षण अभिभावक