राजनीति

कांग्रेसको चियापान सर्‍यो

काठमाडौं – नेपाली कांग्रेसले कात्तिक ७ गतेका लागि तय गरेको चियापान कार्यक्रम एक साता पर सरेको छ । पार्टी नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण कांग्रेसले दसैंको कोजाग्रत पूर्णिमाका दिनलाई तय गरेको चियापान कात्तिक १६ गतेका लागि सारेको हो।

पार्टी केन्द्रीय कार्यालयका उपसचिव सूर्य भट्टराईले नेता बास्तोलाको निधन भएपछि चियापानको मिति परिर्वतन गरिएको जानकारी दिए । ‘पार्टी कार्यालयमै कात्तिक १६ गतेका लागि चियापान कार्यक्रम सारिएको छ,’ उनले भने ।
बास्तोलाको निधनको १३ दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने कांग्रेसले निर्णय गरेको छ।

२०३३ सालमा बिपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्दै आएको छ । सोहीअनुसार उसले कात्तिक ७ गते पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम तय गरेको थियो।

प्रकाशित: ३० आश्विन २०७५ ०१:०९ मंगलबार

नेपाली_कांग्रेस चियापान