राजनीति

फेरि सर्यो नेकपाको सचिवालय बैठक

काठमाडौँ–आज बस्ने भनिएको नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ। शीर्ष नेताहरुको व्यस्तताको कारण देखाउँदै बैठक सारिएको हो।

लगातार दोस्रोपटक सारिएको बैठक अव कार्तिक ४ र ५ गते बस्ने तय भएको केद्रिय सदस्य कृष्ण गोपाल श्रेष्ठले जानकारी गराए।
तत्कालीन नेकपा माओबादी(केन्द्र) र नेकपा एमालेबीच एकिकरण भएर नयाँ पार्टी नेकपा गठन भएको लामो समय वितिसक्दा पनि जिल्ला स्थानीय तहको संगठनहरुको एकिकरण प्रक्रिया थाती रहँदै आएको छ। विभिन्न भातृ संगठन हरुको एकिकरण गर्ने काम पनि बाँकी नै छ।

 प्रदेश स्तरीय कमिटी गठनमा नेकपाका वरिष्ठ नेता माधव नेपाल समूहले असन्तुष्टि राख्दै आएको छ। त्यस्तै वरिष्ठ नेता बामदेब गौतम काठमाडौ क्षेत्र नं ७ वाट चुनाबी प्रकृयामा जाने चर्चाले नेकपामा पनि विवाद देखिदै आएको छ।

पार्टीको वाँकी एकिकरणको काम तथा असन्तुटिलाई मिलाएर लैजाने ध्येयका साथ सचिवालय बैठक आह्वान गरिएको थियो। सचिवालय बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने कार्यसूची रहँदै आएको छ।   

प्रकाशित: २७ आश्विन २०७५ ०९:३६ शनिबार

नेकपा सचिवालय_बैठक