राजनीति

काठमाडौं ७ मा नेकपाको सीट गुम्ने गरेर चुनाव हुँदैन : दाहाल (भिडियो)

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताएका छन्। 

७ नम्बर क्षेत्रबाट निर्वाचित रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतमले चुनाव लड्ने चर्चा भइरहेका बेला बुधवार पाथीभरा समाजद्वारा राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उप निर्वाचनबारे आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल समेत भएको जानकारी दिए।

‘एउटा कुरा निश्चित गर्न के चाहन्छु भने ७ नम्बरमा हाम्रो पार्टीको सीट गुम्ने गरेर चुनाव हुँदैन’, उनले भने। काठमाडाैं ७ बाट निर्वाचित सांसद मानन्धरले राजीनामाकाे घाेषणा गरेपछि यहाँकाे सीट गुम्ने हाे कि भन्ने चिन्ता नेता कार्यकर्ताबाट जाहेर भएका बेला दाहालकाे यस्ताे भनार्इ अाएकाे हाे। 

उनले उक्त कार्यक्रममा नेकपाका युवा नेता योगेश भट्टराईलाई चुनाव प्रचारका क्रममा ताप्लेजुङ पुगेर अध्यक्ष केपी शर्मा ओलीले चुनाव जिताए मन्त्री बताउने भन्दै गरेको भाषण आफुले युट्युवमा सुनेको बताउँदै आफुहरुले त्यो जिम्मेवारी पुरा गर्न नसकेको समेत बताए। 

प्रकाशित: २४ आश्विन २०७५ ११:३४ बुधबार

पुष्पकमल_दाहाल निर्वाचन वामदेव_गौतम