राजनीति

श्रीयाको परिवारलाई सांसद पहारीको सहयोग, दिदी र भाईकाे पढाई खर्च ब्यहोर्ने

पोखरा– गण्डकी प्रदेशका सांसद एवं नेकपाका नेता राजिव पहारीले बलात्कारपछि हत्या गरिएकी पोखरा–२२ पुम्दी भुम्दीकी १० वर्षीया श्रीया विक सुनारको परिवारलाई आर्थिक सहयोग गरेका छन्। 

प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढासहित जिल्लास्थित सुरक्षा अधिकारी लिएर श्रीयाको घर पुगेका सांसद पहारीले आमा बेलकुमारीलाई ३० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्। पहारीले व्यक्तिगत रुपमा १० हजार र प्रहरीले सम्मान स्वरुप पाएको २० हजार रुपैयाँ श्रीयाको परिवारलाई प्रदान गरिएको हो। 

साथै श्रीयाकी दिदी र भाईको पढाई खर्चको जिम्मेवारी पनि पहारीले लिएका छन्। अब श्रीयाका १४ वर्षीया दिदी र ७ वर्षीय भार्इले निःशुल्क पढ्न पाउनेछन्।

त्यसअवसरमा पहारीले पीडित परिवारसमक्ष बलात्कारीलाई कारबाही गर्ने र फासीको सजाय दिन सदनमा आवाज उठाउने प्रतिबद्धता जनाएका थिए। 

प्रकाशित: २२ आश्विन २०७५ १५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App