राजनीति

घुससहित डिएसपी समातिएपछि ३ वृत्तका इन्चार्ज फेरिए

काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालले उपत्यकाका ३ वटा वृत्तको प्रमुख परिवर्तन गरेको छ। प्रहरी वृत्त बौद्धका इन्चार्ज डिएसपी श्यामकुमार राई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेपछि प्रहरी हेडक्वाटरले बौद्धसहित विवादित मानिएका ३ वृत्तको प्रमुख फेरेको हो। 

प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाका अनुसार बौद्धमा महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दलाई खटाइएको छ। त्यस्तै, सातदोबाटो वृतमा डिएसपी गौतम मिश्रलाई पठाइएको छ भने थानकोट वृतमा डिएसपी कुमारविक्रम थापालाई पठाएको छ। 

बौद्धका डिएसपी राई घुससहित पक्राउ पर्दा गृहमन्त्री रामबहादुर थापाले उपत्यकाका सुरक्षा अधिकारीको आचरणबारे असन्तुष्टि जनाएपछि आइजिपी सर्वेन्द्र खनालले वृत्तका प्रमुख परिवर्तनको निर्णय लिएका हुन्। अझै केही वृत्तमा परिवर्तनको तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रकाशित: २२ आश्विन २०७५ १३:२० सोमबार

प्रहरी_प्रधान_कार्यालय डिएसपी