राजनीति

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ। नेकपाको आइतबार बस्ने भनेको सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्थताको कारणले आज ८ बजेसम्मका लागि सारिएको थियो।

पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेका बेला नेकपाको बैठक बसेको हो। बैठकमा पार्टीभित्र देखिएका असन्तुष्टि र तल्लोतहका समितिको एकताका विषयमा छलफल हुने अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था बारे पनि छलफल हुने बताइएको छ।

प्रदेश पदाधिकारीको चयन तथा सरकारका कामबारे नेता माधवकुमार नेपालले संसद् तथा स्थायी समितिको भेला बोलाएर असन्तुष्टि व्यक्त गरेपछि नेकपाभित्र विवाद चुलिएको थियाे।

प्रकाशित: २२ आश्विन २०७५ ०३:०६ सोमबार

नेपाल_कम्युनिस्ट_पार्टी सचिवालय_बैठक