राजनीति

नेपालका लागि अमेरिकी राजदूतमा र्‍यान्डी बेरी नियुक्त

काठमाडौ– नेपालको लागि अमेरिकी राजदूतमा र्‍यान्डी बेरी नियुक्त भएका छन्।

नेपालका लागि अमरिकी दूतावासले ट्वीटमा भनेको छ, ‘राजदूतमा हालै नियुक्त बेरीलाई नेपालमा स्वागत गर्न दूतावास परिवार उत्सुक छौं।’कुटिनीतिज्ञ र्‍यान्डी बेरी अमेरिकी विदेश मन्त्रालय अन्तर्गत यौनिक अल्पसंख्यक (एलजिबिटिआई)का क्षेत्रमा कार्यरत थिए। 

बेरी यसअघि सन् २००७ देखि ०९ सम्म नेपालमा डेपुटी चिफ अफ मिसनको रूपमा काम गरेका थिए। हाल नेपालका लागि एलियाना बी टेप्लिज राजदुत रहँदै आएकी छन्। 

नेपालको लागि नयाँ अमेरिकी राजदूतको रूपमा हालै शपथ लिनुभएका र्‍यान्डी बेरीलाई हार्दिक बधाई। यसअघि वहाँले नेपालमा डेपुटी चिफ अफ मिसनको रूपमा सन् २००७-०९ काम गरीसक्नुभएको छ।
राजदूत नियुक्त बेरीलाई नेपालमा स्वागत गर्न दूतावास परिवार एकदमै उत्सुक छौं। हामी वहाँको आगमनको पर्खाइमा छौं। pic.twitter.com/XqvM5Ihym8

— U.S. Embassy Nepal (@USEmbassyNepal) October 5, 2018

प्रकाशित: १९ आश्विन २०७५ १३:४६ शुक्रबार

अमेरिकी_राजदूत नेपाल