राजनीति

राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती भए पार्टी चुप बस्दैनः डा. कोइराला

विराटनगर – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन कांग्रेस एक ढिक्का हुनुपर्ने बताएका छन्।

नेपाल निजामति कर्मचारी युनियन (संघ) प्रदेश नं १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको विराटनगरमा उद्घाटन गर्दै राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती भए पार्टी चुप लागेर नबस्ने बताए।

उनले विपी कोइराला आर्थिक अनुशासनमा बस्ने र कार्यकर्तालाई धेरै माया गर्ने स्वभावको भएकोले विगतमा कांग्रेसले ऐतिहासिक सफलता प्राप्त गरेको बताउँदै अहिलेको नेतृत्वमा पनि त्यस किसिमको स्वभाव आउनुपर्ने बताए। 

 

प्रकाशित: १९ आश्विन २०७५ १०:४८ शुक्रबार

राष्ट्रसेवक_कर्मचारी नेपाली_कांग्रेस