राजनीति

कांग्रेसले गाउँपालिकामा लगाएको तला प्रहरीले खोल्यो

कालिकोट- जिल्लाको नरहरिनाथ गाउँपालिकाको सम्पर्क कार्यालयमा लगाएको ताला प्रहरीले खोलेको छ। नेपाली कांग्रेस कालिकोटले मंगलबार जिल्ला सदरमुकाम मान्ममा रहेको सम्पर्क कार्यालयमा ताला लगाएको थियो। गाउँपालिका प्रमुख धिरबहादुर बिष्टले विकास निर्माणमा समन्वयकारी भुमिका नगरी एकलौटी रुपमा काम गरेको भन्दै कांग्रेसले कार्यालय घेराउ गर्दै तालाबन्दी गरेको थियो। मंगलबार साँझ पख प्रहरीले ताला फोडेर कार्यालय संचालनमा ल्याएको हो।

मंगलबार तालाबन्दीपछि नेपाली काँग्रेस कालिकोटले पत्रकार सम्मेलन गरेको थियो। पत्रकार सम्मेलनमा ताला लगाउनुको मुख्य कारण गाउँपालिकामा लागु भएका प्रत्येक योजनामा अनियमितता गरेको आरोप लगाइएको छ।

प्रकाशित: १७ आश्विन २०७५ ०६:३१ बुधबार

कांग्रेस तालाबन्दी नरहरिनाथ