राजनीति

निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीले गृह मन्त्रालयको छानविन समितिले तयार पारेको घटनाको अध्ययन प्रतिवेदन समेत सार्वजनिक गर्न माग गरेका छन्।

‘निर्मलालाई न्याय’ नारासहित स्वतः स्फुर्त रुपमा उपस्थित भई नागरिक अभियन्ताहरुले माइतीघरमा नागरिक दबाब कार्यक्रम गरेका थिए।

उनीहरुले ‘सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ, गृहमन्त्री के हेर्दै, बलात्कारीले देश घेर्दै, निर्मलाई देऊ न्याय, नागरिकमाथि भयो अन्याय’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए।

निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो। घटना भएको दुई महिना वितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन्। घटना अझै अनुसन्धानमै रहेका बेला नागरिक अभियन्ता सरकारलाई दबाब दिन प्रदर्शनमा उत्रिएका हुन्।

प्रकाशित: १३ आश्विन २०७५ १२:५९ शनिबार

निर्मला_पन्त माइतीघर प्रदर्शन