राजनीति

अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि बुधबार साँझ सिङ्गापुर प्रस्थान गरेका छन्।

यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो। पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गरेकाे उनको सचिवालयले जनाएको छ। 

सीता मधुमेह, उच्च रक्तचापबाट पीडित छिन्। उनका साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ गएका छन्। 

नेपालमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको थियो। केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो। माउन्ट एलिजावेथ अस्पतालमा उपचारपश्चात् उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो। रासस

प्रकाशित: १० आश्विन २०७५ १६:३५ बुधबार

नेकपा पुष्पकमल_दाहाल सिङ्गापुर