राजनीति

नेता नेपाल स्वदेश फिर्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्किएका छन्। घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर मंगलबार उनी  स्वदेश फर्किएका हुन्।

असोज ३ गते घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी हुन नेकपाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटासमेत गएका थिए। 

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सम्मेलन यही असोज ४ र ५ गते भएको थियो। सम्मेलनमा नेता नेपालले ‘बदलिंदो विश्व परिस्थिति र विश्व कम्युनिष्ट आन्दोलन’ तथा ‘साम्राज्यवादका नकारात्मक’ असरबारे बोलेका थिए।

नेता नेपाललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेका थिए। (रासस)

 

प्रकाशित: ९ आश्विन २०७५ ११:१३ मंगलबार

नेकपा माधवकुमार_नेपाल स्वदेश