राजनीति

केसी र भुजेललाई थुनामुक्त गर्न आदेश

काठमाडाैं- सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टेकबहादुर केसी र उमा भुजेल थुनामुक्त गर्न आदेश दिएको छ। 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमबहादुर श्रेष्ठको संयुक्त इजलासले सर्वोच्च अदालतको मुख्य रजिष्टार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो। 

आदेशमा वस्तुनिष्ठ आधार र कारण बिना नै पक्राउ गरेको देखिएको र अनुसन्धानका क्रममा थुनामा राख्नुपर्ने औचित्यपूर्ण कारण नभएको उल्लेख छ। 

केसी र भूजेललाई गत बैसाख १ गते काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित एक पसलमा आगजनी गरेको आरोपमा पहिलो पटक भदौ १२ गते पक्राउ गरिएको थियो। 

सर्वोच्च अदालतको थुनामुक्त गर्ने आदेशअनुसार गत भदौ २२ गते थुनामुक्त भएलगतै पुनः पक्राउ परेका थिए। रासस

प्रकाशित: ७ आश्विन २०७५ १४:५० आइतबार

नेत्रविक्रम_चन्द अदालत टेकबहादुर_केसी_र_उमा_भुजेल