राजनीति

सुनुवाइ समितिमा कर्ण र राज्यका निर्देशकमा जैरु निर्विरोध

काठमाडौँ–सङ्घीय संसद्को संसदीय सुनुवाइ समितको समापतिमा लक्ष्मण लाल कर्ण र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा सांसद निरादेवी जैरु निर्विरोध निर्वाचित भएका छन्।

सुनुवाइ समितिको आइतवारको बैठकमा सांसद अमृता थापाले कर्णको नाम प्रस्ताव गरेकी थिइन् भने सांसद योगश भट्टराई, शिवकुमार मण्डल र निरुदेवी पालले सो प्रस्तावको समर्थन गरेका थिए। नवनिर्वाचित सभापति कर्णले समितिलाई साझा बनाउने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन समितिको आइतवारको बैठकमा सांसद गणेशसिंह ठगुन्नाले सभापतिमा जैरुको नाम प्रस्ताव गरेका थिए भने सो प्रस्तावलाई सांसद प्रभु साहले समर्थन गरेका थिए। नवनिर्वाचित सभापति जैरुले समितिको जिम्मेवारी निर्वाह गर्न पनि सबैको साथ पाउने विश्वास व्यक्त गरे।

सङ्घीय संसद् संयुक्त बैठक र संयुक्तसमिति (कार्य सञ्चालन) नियमावली २०७५ अनुसार संसदका यी दुवै संयुक्त समितिमा १५/१५ सदस्य रहने व्यवस्था छ। जसमध्ये प्रतिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीन सदस्यले समितिमा प्रतिनिधित्व गर्नेछन्।

प्रकाशित: ७ आश्विन २०७५ १०:३७ आइतबार

संसदीय_सुनुवाइ_समिति लक्ष्मणलाल_कर्ण निरादेवी_जैरु