राजनीति

कांग्रेसको नेतृत्व कोइराला परिवारले लिन्छ : महामन्त्री शशांक

फाइल तस्विर

बुटवल - नेपाली कांग्रेसका महामन्त्री डा.शशांङ्क कोइरालाले पार्टीको आगामी महाधिवेशनमा कोइराला परिवारबाट सभापतीको उम्मेदवारी पर्ने बताएका छन्। रिपाेर्टस् क्लवले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसको आगामी नेतृत्व कोइराला परिवारबाटै हुने स्पष्ट पारेका हुन्।

कोइराला परिवारका तीन मध्ये एकले नेतृत्व गर्ने बताएका महामन्त्री कोइराला त्यो एक जना को हो भन्ने बारेमा भने खुलाएनन्। ‘सुजाता, शेखर दा र म बीचमा कुनै मनमुटाव छैन,आगमी महाधिवेशनमा सल्लाह गरेर एक जनाको उम्मेदवारी दिन्छौ, यो पक्का हो’ कोइरालाले भने। जिल्ला जिल्लामा नेता कार्यकर्तासंग छलफल, परामर्स गरेर उनीहरुकै भावना अनुरुप अगाडी बढ्ने बताउदै कोइरालाले आन्तरिक विवाद समाप्त पारेर पार्टीलाइ आगामी चार बर्षमा सबैभन्दा ठुलो पार्टी बनाएर लैजाने योजना रहेको बताए। पार्टी सभापतीको अधिकार बिकेन्द्रिकरण गर्नु पर्नेमा जोड दिदै कोइरालाले कांग्रेसको तल्लो तहलाइ बलियो नबनाए अस्तित्व नै संकटमा पर्न सक्ने बताए।

बहुमतको सरकारले जनताको अपेक्षा अनुरुपको काम गर्न नसकेको बताउँदै काेइरालाले विकासका योजना बिनै संघीयताको मर्म विपरित केन्द्रिकृत शासन चलाइरहेको आरोप लगाए। ‘बामपन्थी पार्टीहरुलार्इ संघीयताको मर्म थाहै छैन, उनीहरुले अहिले पनि अधिकार हस्तान्तरण नगरेर केन्द्रिकृत शासन व्यवस्था चलाइरहेका छन’ कोइरालाले भने।
 

 

प्रकाशित: ७ आश्विन २०७५ ०८:२० आइतबार

नेपाली_कांग्रेस शशांङ्क_कोइराला