राजनीति

शर्माद्वारा कर्णाली प्रदेशको सचिव अस्विकार

काठमाडौ–नेकपाको भर्खरै गठन भएको कर्णाली प्रदेशको समितिमा आफूलाइ अपमान गरेर सचिव पदमा मनोनयन गरेको भन्दै नेता मायाप्रसाद शर्माले उक्त पदमा बस्न अस्विकार गरेका छन।

तत्कालिन माओवादी केन्द्रको स्थायी समिति सदस्य रहेका शर्मालाई शुक्रवार बसेको पार्टीको सचिवालय बैठकले कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो। शर्मा एकीकरणपछि नेकपाको केन्द्रीय सदस्य हुन।

आफू भन्दा कनिष्ठलाई अध्यक्ष दिएर आपूलाई सचिव बनाईएकाले अपमानित महशुस गरेकोले उक्त पदमा बस्न नसक्ने भन्दै पार्टीको निर्णय नमानेको शर्माले बताएका छन्। यसअघि आफूलाइ प्रदेशको इन्चार्ज या अध्यक्ष चयन गर्ने आश्वासन दिएको तर अहिले प्रदेशको सचिवमा थन्क्याएर राख्न खोजेको शर्माको गुनासो छ।

प्रकाशित: ५ आश्विन २०७५ ११:५६ शुक्रबार

नेकपा सचिवालय_बैठक अपमान