राजनीति

संयुक्त संसदीय समितिको सभापतिकाे निर्वाचन आईतबार

काठमाडौ–प्रतिनिधिसभा र राष्ट्रियसभाका संयुक्त दुई समितिका सभापतिको निर्वाचन असोज ७ गते आइतबार हुने भएको छ।

दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइ र राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्व समितिको निर्वाचन यही असोज ७ गते अपराह्न १ बजे संसद सचिवालयले जनाएको छ।

 सचिवालयले जारी गरेको सूचनाअनुसार शनिबार दिउसो २बजेदेखि ५ बजेसम्म समितिको सभापतिका लागि सचिवालयमा प्रस्ताव दर्ता गर्ने कार्यक्रम छ।

निर्धारित कार्यक्रम अनुसार असोज ७ गते आइतबार अपराह्न १ बजेदेखि सम्बन्धित समितिका बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावलाई समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ । 

 

प्रकाशित: ५ आश्विन २०७५ १०:३० शुक्रबार

संसदीय_समिति निर्वाचन