राजनीति

राष्ट्रसंघ बैठकमा सहभागि हुन प्रधानमन्त्री अमेरिका जाँदै

अमेरिका-  प्रधानमन्त्री केपी शर्मा ओली यही सेप्टेम्बर २३ मा अमेरिका आउने भएका छन्। अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोलीसहित अमेरिका आउन लागेका हुन्। प्रधानमन्त्री ओलीले २७ तारिक राष्ट्रसंघ बैठकमा सम्बोधन गर्ने छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका आउने छ। ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔं : शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ महासभाको औपचारिक बैठक न्यूयोर्कमा सुरु भएको छ। विश्वभरीबाट आउने उच्चस्तरका नेताहरुसंग भेटघाट र दोहोरो छलफल हुने र विभिन्न सत्रहरुमा प्रधानमन्त्री सहभागी हुनुहुने कार्यक्रम रहेको अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जून कार्कीले नागरिकन्युजलाई बताए।

 

प्रकाशित: ४ आश्विन २०७५ ०४:४० बिहीबार

प्रधानमन्रत्री