राजनीति

प्रधानसेनापतिसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– उत्तरी छिमेकी चीनका राजदूत यु होङले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेकी छिन्। 

शुक्रबार जंगी अड्डामा भएको भेटमा राजदूत होङले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 

साथै भेटमा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो।

यसअघि भारतीय राजदूत मञ्जिभसिंह पुरीले पनि थापालाई भेटेर बधाई दिएका थिए। यद्यपी परराष्ट्र मन्त्रालयलाई जानकारी नगराई भेट्न गएको भन्दै राजदूत पुरीको आलोचना भइरहेको छ। 

प्रकाशित: २९ भाद्र २०७५ १५:५२ शुक्रबार

प्रधानसेनापति चिनियाँ_राजदूत नेपाली_सेना