राजनीति

छानविन समिति सदस्यको राजीनामाले गृहमन्त्री गम्भीर, अनुसन्धान सुरु

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या प्रकरणको अध्ययनका लागि गठित छानविन समितिका सदस्यले दिएको राजीनामा छानविन गरिने बताएका छन्। 

मंगलबार काभ्रेमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले समितिका सदस्यको  राजीनामाबारे छानविन सुरु हुने बताए। ‘गृह मन्त्रालयले आजैबाट छानविन सुरु गर्छ। किन राजीनामा दियो भन्ने विषयमा छानविन गर्दैछौं’, उनले भने। 

घटनाको अनुसन्धानमा असन्तुष्टि जनाउँदै समितिका सदस्य एवं प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र बहादुर केसीले सोमबार पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका थिए। उनले राजीनामाको घोषणा गर्दै निर्मलालाई न्याय दिन राजीनामा दिएको र आफ्नो ज्यान नै जोखिम रहेको बताएका थिए।

सरकारले गृह मन्त्रालयका सह सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो।  

प्रकाशित: २६ भाद्र २०७५ ११:१७ मंगलबार

निर्मला_पन्त गृहमन्त्री_रामबहादुर_थापा वीरेन्द्र_बहादुर_केसी