राजनीति

ठमेलस्थित ज्याठा चोकमा विद्युत सर्ट हुँदा आगलागी

फाइल फाेटाे

काठमाडौं – काठमाडौंको ठमेल ज्याठा चोकस्थित एक घरमा विद्युत सर्ट भएर आगलागी भएको छ। बिहान करिब चार बजेतिर सुमनमान स्थापितको ६ तल्ले घरमा पानी तान्ने मोटबाट विद्युत सर्ट भयर आगलागी भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी दान बहादुर मल्लका अनुसार स्थापितको घरको दोस्रो तल्लाबाट सुरु भएको आगाे तल्लो तल्लामा सरेको थियो। तल्लो तल्लामा ८० ओटा अक्सिजन ग्यासका सिलिण्डरहरु राखिएकामा सोही ठाउँमा आगो सर्दा आगोले बयावह रुप लिएको थियो।

ग्यास सिलिन्डर पड्किदा दुई ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको र सय मिटर ओरपर रहेका घरका झ्याल ढोकाका सिसा फुटेको मल्लले जानकारी दिए ।

मल्लले आगो नियन्त्रणमा लिइसकिएको बताए। उनले आगलागीबाट दश कराेड बरावरको क्षती भएको हुन सक्ने आशंका गरिएको बताए।

प्रकाशित: २६ भाद्र २०७५ ०३:०० मंगलबार

ठमेल आगलागी