राजनीति

नेविसंघमा उमेर हदको विवाद

काठमाडाैं- नेपाल विद्यार्थी सङ्घको बैठकमा उमेर हद कति हुने भन्नेबारेमा विवाद देखिएको छ। नेवि सङ्घको निर्वाचन कार्यतालिका, विधान र नियमावलीबारे छलफल गर्न शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उमेर हदका बारेमा विवाद देखिएको हो। 

निर्वाचन आगामी असोज १६ देखि १८ गते सम्पन्न गर्ने कुरामा कुरा मिले पनि कुन उमेर समूहका व्यक्ति निर्वाचन लड्ने भन्नेबारेमा विवाद देखिएको नेवि सङ्घका सहमहामन्त्री एवं प्रवक्ता प्रेम जोशीले जानकारी दिए। नेवि सङ्घको ११औँ महाधिवेशनमा १२औँ महाधिवेशनमा अध्यक्ष लड्नका लागि ३२ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको थियो। 

अध्यक्ष नैनसिंह महरले बैठकमा राखेका कुरालाई बृहत् छलफल गर्नका लागि बैठक भोलि बिहान ८ बजेसम्म स्थगित भएको नेवि सङ्घ केन्द्रीय सदस्य सुनिता पोखरेलले जानकारी दिइन। आज १०५औँ बिपी जयन्ती मनाउनका लागि छलफल गर्ने भनिएको बुँदामाथि छलफल हुन नसकेकाले भोलिसम्मका लागि बैठक स्थगित गरिएको पोखरेलले बताइन। 

प्रकाशित: २४ भाद्र २०७५ १६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App