राजनीति

दाहाल आज फर्किंदै

फाइल फाेटाे/नागरिक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल तीन दिने भारत भ्रमण सकेर आज स्वदेश फर्कदै छन्। उनी एयर इन्डियाको विमानबाट सभा दुई बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।

भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न नेतासँग भेटवार्ता गरेका थिए। भारतका प्रधानमन्त्री मोदीसँगको भेटमा दाहालले बिम्स्टेकको चौथो शिखर सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणका सम्भावनाबारे छलफल गरेका थिए। नेपालमा जलविद्युत्को विकास, हुलाकी मार्ग, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको विषयमा समेत दुवै नेताबीच कुराकानी भएको दाहालको निजी सचिवालयले जनाएको छ। 

दाहालले भारत भ्रमणका क्रममा त्यहाँका गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुष्मा स्वराज लगायतसँग भेटघाट गरेका थिए भने 'साप्रु हाउस लेक्चर' कार्यक्रमलाई सम्बोधन गरेका थिए।

भारतबाट फर्के लगत्तै उत्तरको छिमेकी चीन जान लागेका दाहालका भ्रमणलाई शक्ति अार्जन गर्ने रणनीतिका रुपमा पनि व्याख्या गरिएको छ।

प्रकाशित: २४ भाद्र २०७५ ०६:४८ आइतबार

पुष्पकमल_दाहाल भारत_भ्रमण स्वदेश_फिर्ता