राजनीति

सुशासन समितिकाे सभापतिमा भट्ट निर्वाचित

काठमाडौं– राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापतिमा नेपाली काङ्ग्रेसकी तारादेवी भट्ट निर्वाचित भएकी छिन्।

सो पदमा भट्टको मात्र उम्मेदवारी परेको थियो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विहीबार नै नवनिर्वाचित सभापति भट्टलाई पद तथा गोपनीयताको शपथ गराए। यससँगै राष्ट्रियसभाका चार वटै विषयगत समितिका सभापति चयनले पूर्णता पाएको छ। 

यसअघि दलीय सहमतिमा विधायन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति चयन भइसकेका छन्।

प्रकाशित: २१ भाद्र २०७५ १४:०० बिहीबार

सुशासन_समिति तारादेवी_भट्ट सभापति